१२ बैशाख २०८१, बुधबार

सुन तस्करी आरोपमा तीन जनालाई पक्राउ


Gold

७ चैत, काठमाण्डाै ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुन तस्करी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चावहिलमा रहेको गेष्टहाउसबाट तीन जनालाई सुनसहित पक्राउ गरेको हो । प्रहरीले स्याङ्जाका २३ वर्षीय चामबहादुर केसी र २५ वर्षीय नारायण कुमार र नवलपरासीका ३० वर्षीय खुमप्रसाद न्यौपानेलाई सुनको बालासहित नियन्त्रणमा लिएका जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९ थान सुनको चुरा बरामद गरेका जनाएको छ ।

त्यो सुनको बजार मूल्य २२ लाख ६ हजार ८ सय नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !