२५ बैशाख २०८१, मंगलबार

अर्थमन्त्री खतिवडाले भने, ‘आतंकवादी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन दिन्नौँ’


yuvraj

१ चैत, नयाँ दिल्ली । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको हरियाणा राज्यको गुरुग्राममा आयोजित ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ लाई सम्बोधन गर्दै आतंकवादी गतिविधिका लागि नेपाली भूमि दोहन हुन नदिने नेपाल सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।

उनले नेपालको सीमा वा त्यस भन्दा बाहिर कुनै पनि आतंकवादी समूहलाई नेपाली भूमिको दोहन गर्न नदिने बताएका हुन् ।

उनले भने, ‘संयुक्त राष्ट्र संघ, सार्क तथा बिमस्टेक सदस्य नेपालले प्रतिआतंकवादको समर्थनमा विभिन्न अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतामा हस्ताक्षर गरेको र त्यसलाई लागू पनि गर्दै आएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !