२४ बैशाख २०८१, सोमबार

प्रतिनिधि र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले शपथ लिए


sheetal-niwas

२० फागुन, काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई शपथ खुवाउनका लागि राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रपतिबाट शपथ लिएका छन् । ठाकुरले मैथिली भाषामा शपथ ग्रहण लिएका थिए भने भट्टले नेपाली भाषामा शपथ लिएकी हुन् ।

प्रतिनिधिसभा सदस्य ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य भट्टलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलार्इ शपथ खुवाउनुभएकाे हाे ।

नागरिकतामा ८० वर्ष उल्लेख भए पनि वास्तविक उमेर ६३ वर्ष मात्र भएका कारण राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने अवसर जुरेको हो ।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !