२२ बैशाख २०८१, शनिबार

बैदेशिक रोजगारीमा नेपाली युवा एक प्रतिशतले घट्दै


airpost@

२६ पुस, काठमाण्डौ । वैदेशिक रोजगारीको लागि नेपालवाट जाने युवा गत कात्तिक सम्ममा एक प्रतिशतले घटेको सरकारी आँकडा छ र रेमिट्यान्स आप्रवाह पनि एक दशमलव चार प्रतिशतले घटेर २८ अर्बमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकको निश्कर्ष छ, अब रेमिट्यान्स उत्कर्ष अर्थात् शिखरमा पुग्यो र अब घट्ने क्रम शुरु हुनेछ । कात्तिकसम्मको तथ्यांकमा मुलुकमा भित्रिने र बाहिरिने रकमबीच दुई अर्ब ४० करोड रुपैयाँ बचत देखिएको छ ।

टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले करिब २५ अर्ब रुपैयाँ लाभांशका रुपमा विदेश लैजाने तयारी गर्दै गर्दा अर्थतन्त्र करिब २३ अर्ब रुपैयाँले घाटामा जाने चिन्ता सर्वत्र व्याप्त देखिन्छ । रेमिट्यान्सको दरमा वृद्धि नहुनेमा सरकार र व्यवसायी दुवै पक्ष सहमत देखिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !