१४ आश्विन २०८१, सोमबार

इजरायलको हवाई आक्रमणमा एक प्यालेस्टाइनीको मृत्यु


Nepalpatra

गाजा सिटी, २१ बैशाख । गाजा पट्टिमा शनिबार इजरायलतर्फबाट भएको हवाई आक्रमणमा परी एक प्यालेस्टिाइनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उत्तर गाजातर्फ भएको यस हवाई आक्रमणमा परी २२ बर्षीय इमाद नासिरको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ ।

मारिएका ती व्यक्ति कुुनै आतङ्ककारी समूहसँग आवद्ध हो कि होइन भने प्रष्ट नभएको समाचारमा जनाइएको छ । गाजा पट्टिबाट शनिबार दर्जनौ रकेट इजरायलतर्फ प्रहार गरिएको इजरायली सैनिकले जानकारी दिएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !