१२ असार २०८१, बुधबार

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा


ZIMBABWE-POLITICS-VOTE-OPPOSITION-COURT A supporter of the opposition Movement for Democratic Change (MDC) Alliance gestures the party’s symbol while being escorted to a prison truck from a magistrate’s court in Harare, on August 6, 2018 after many MDC supporters were arrested following a post election violence. Twenty seven members of the MDC opposition appeared in court on violence charges after the protests against alleged cheating by President Emmerson Mnangagwa and the ruling ZANU-PF party in the election. Since the knife-edge election result was declared, the MDC say they have been the target of a brutal crackdown that exposes Mnangagwa’s claims to respect rights and halt repression. / AFP PHOTO / Zinyange AUNTONY

२२ साउन, हरारे । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ ।
केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।

लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि जिम्बाबेमा पहिलो पटक भएको निर्वाचनबाट राष्ट्रपति इमर्सन मनान्गावालाई निर्वाचित भएको घोषणा गरिएको छ ।

छ जनाको मृत्यु हुनेगरी निर्वाचनका बेला भएको हिंसामा सम्लग्न भएको आरोपी मध्ये १९ जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् ।

उनीहरूलाई निर्वाचनमा धाँधली गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ । उनीहरु विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी)का नेता कार्यकर्ता रहेको बताइएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !