११ श्रावण २०८१, शुक्रबार

९ सेकेण्डमा ढले नोयडाका ट्वीन टावर, भग्नावशेष र धुवाँमा परिणत


नोयडाका ट्वीन टावर

नयाँ दिल्ली । भारतको नोयडामा दुईवटा अग्ला जुम्ल्याहा भवन (ट्वीन टावर) हरु ९ सेकेण्डमा ढलेका छन् । कानुन विपरीत निर्माण गरिएका ती टावरहरु सुरक्षित रुपमा भत्काइएको हो ।

कानुन विपरीत बनाइएको भन्दै नोएडाको सेक्टर ९३ ‘ए’मा रहेका ३० तले ट्विन टावरलाई करिब ३ हजार ७०० किलो बारूदले ध्वस्त पारेर भत्काइएको हो । एपेक्स र केएन नामका ती ३२० फिटभन्दा बढी अग्ला टावरहरू करिव ९ सेकेण्डमा नै भत्काइएको थियो ।

यी भवन देशकै सबैभन्दा ठूला भवन थिए । उक्त भवन नोएडाको धेरै जनसंख्या भएको क्षेत्रमा बनाइएको थियो । भवनलाई भत्काउन करिब ३ हजार ७०० किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

ती जुम्ल्याहा टावरहरु भत्काइसकेपछि भग्नावशेष र धुवाँमा परिणत भएका छन् । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गरिएको थियो ।

सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको हो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !