१२ श्रावण २०८१, शनिबार

४ वर्षपछि पुनः ह्वाइट हाउस आउने डोनाल्ड ट्रम्पको दाबी


डोनाल्ड ट्रम्प

एजेन्सी । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ४ वर्षपछि पुनः एकपटक ह्वाइट हाउस आउने दाबी गरेका छन् । हालै ‍अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपति जो बाईडेनसँग चुनाव हारेका ट्रम्पले हिजो बुधबार ह्वाइट हाउसमा आयोजित क्रिसमस पार्टीका क्रममा सो दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पले २३२ इलेक्टोरल भोट ल्याउदा बाइडेन ३०६ इलेक्टोरल भोटसहित विजयी भएका थिए । ७४ मतले पराजित भएपनि यद्यपी ट्रम्पले अझैसम्म आफ्नो हार स्वीकार गरी सकेका छैनन् । त्यसैले सन् २०२४ को निर्वाचनमा ट्रम्प पुनः रिपब्लिकन पार्टीको उम्मेदवार हुनसक्ने अमेरिकाका मिडियाले अनुमान गर्न थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !