२३ बैशाख २०८१, आइतबार

ट्रम्प भन्छन्, “मैले चुनाव जितिसकेँ”


डोनाल्ड ट्रम्प

१९ कात्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ट्रम्पले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । ट्रम्पले भने, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ।’

ट्रम्पले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् । ट्रम्पले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !