१२ बैशाख २०८१, बुधबार

तेह्रथुममा अदुवा उत्पादन बढ्यो


 भदौ २०, काठमाडौँ  । तेह्रथुममा गतवर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन बढेको छ ।यसवर्ष जिल्लामा २ सय ६० हेक्टर जमीनमा गरिएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो गतवर्षको तुलनामा ६ सय ६६ मेट्रिक टन बढी हो ।

परम्परागत रुपमा घरायसी प्रयोजनका लागिमात्र प्रयोग हुने अदुवामा पछिल्लो समय कृषकले व्यावसायिक खेती गर्न थालेपछि उत्पादन बढेको हो । तर मूल्यमा गिरावट आउँदा किसानले यस वर्ष पनि उल्लेख्य आम्दानी लिन सकेनन् ।

मूख्य बजार भारत भएपनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा परेका हुन् । जिल्लामै विगतमा ७५ रुपैयाँसम्ममा कारोबार भएको अदुवा यस वर्ष प्रतिकेजी २५ रुपैयाँमा मात्रै कारोबार भयो ।

कूल उत्पादनको करीब १५ प्रतिशत अदुवा जिल्लाभित्रै खपत हुने र बाँकी जिल्ला बाहिर निकासी हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !