१२ आश्विन २०८१, शनिबार

प्रदेश १ का सबै मन्त्रीहरु ऋणमा


प्रदेश नं १

१३ मंसिर, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा रहेको देखिएका छन् । गत वर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
गतवर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीहरुले आफू ऋणमा रहेको देखाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो २ करोड ७१ लाख ऋणमा छन् भने समाजिक विकासमन्त्री जीवन घिमिरे १ करोड २२ लाख ८७ हजार ऋणमा रहेका छन् । उद्योगमन्त्री जगदीशप्रसाद कुसियतमाथि १८ लाख ऋण रहेको छ भने आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्की ३ लाख रुपैयाँ ऋण रहेको देखाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !