७ आश्विन २०८१, सोमबार

वन मन्त्रालयका कर्मचारीको विदेशतिर लर्को


foreign

२२ असार, काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल जर्मनीको बोनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तीन साता बिताएर गत शनिबार काठमाडौं फिरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय खाका महासन्धि(यूएनएफसीसीसी) को ‘फोकल व्यक्ति’ का हिसाबले कार्यक्रममा ढकालको सहभागिता सान्दर्भिक भए पनि उनले असम्बन्धित उपसचिव गणेशविक्रम शाहीलाई पनि लगेका थिए ।

ढकालले नेतृत्व गरेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका दुई जना उपसचिव केशवप्रसाद गौतम र अरुणप्रसाद भट्ट पनि कार्यक्रममा सहभागी थिए ।

ढकाल, गौतम र शाही बेलायती सहयोग नियोग(डीएफआईडी) को अक्स्फोर्ड पोलिसी म्यानेजमेन्ट(ओपीएम) र भट्ट मन्त्रालयमै सञ्चालित राष्ट्रिय जलवायु सहयोग कार्यक्रम(एनसीसीएसपी)को रकम खर्चेर बोन सम्मेलनमा गएका थिए ।

ढकालले यस अघि गत मंसिरमा पोल्याडमा भएको यूएनएफसीसीसीको २४ औं सम्मेलनमा पनि असम्बन्धित उपसचिव रामबहादुर शाहीलाई सहभागी गराएका थिए । यो समाचार आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !