६ आश्विन २०८१, आइतबार

वरिष्ठ सङ्गीतकार राईको निधन


निधन

धनगढी १६, असार । सुदूरपश्चिम प्रदेशको साङ्गीतिक क्षेत्रका धरोहर कुलदीप राईको आइतबार भारतको दार्जिलिङमा ६० वर्षको उमेरमा निधन भएको छ । उहाँले अढाई दशकसम्म धनगढीमा बसेर सङ्गीत प्रशिक्षण दिनु भई थुप्रै सङ्गीतकर्मी र कलाकार जन्माउनु भएको थियो ।

धनगढीको ऐश्वर्य विद्या निकेतन, एरिष्टो बोर्डिङ स्कुल, मालिका स्कुल, पियङ्का स्कुल, दी गर्डनगर स्कुललगायतमा सङ्गीत प्रशिक्षकका रुपमा समेत उहाँले काम गर्नुभएको थियो । आधुनिक सङ्गीतका सर्जक राईको निधनको खबरले आफू मर्माहित भएको उहाँसँगै काम गर्नुभएका गायक कृष्ण पाण्डेले बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशको पहिलो आधुनिक सङ्गीतको गीति एल्बम ‘यात्रा’मा सङ्गीत भर्नुभएको पाण्डेले बताउनुभयो । ऐश्वर्य विद्या निकेतन धनगढीका पूर्वसङ्गीत शिक्षक रहनुभएका राईको निधनको शोकमा मङ्गलबार उक्त विद्यालयमा बिदा दिइएको विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले बताउनुभयो ।

सुदूरपश्चिममा हुने स्थानीयदेखि राष्ट्रियस्तरका साङ्गीतिक कार्यक्रममा स्व राईको नेतृत्वदायी भूमिका रहने गरेको उहाँका प्रशंसक टिआर बिनाडीले बताउनुभयो । मधुमेह रोगबाट पीडित राई धनगढी छोडेर दुई वर्षअघि मात्र आफ्नो जन्मथलो दार्जिलिङमा बस्दै आउनुभएको थियो । (रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !