१४ बैशाख २०८१, शुक्रबार

समाचार संकलन गरेर फर्कदै गरेका पत्रकार प्रहरी नियन्त्रणमा


गाईघाट, असार १ । उदयपुरको बेल्टारमा समाचार संकलन गरेर फर्कदै गरेका पत्रकार देवराज राईलाई प्रहरी पक्राउ गरेको छ ।

उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकमा कार्यरत पत्रकार राईलाई बेल्टारबाट समाचार संकलन गरेर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

बेल्टारबाट फर्कने क्रममा उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की, मिस स्टेट विजेता रमिला बस्नेतसंग भेट भएका राईलाई कार्की र बस्नेतले चौदण्डिगढि ७ स्थित ज्योती बहुमुखी क्याम्पसमा सामान्य काम छ भन्दै संगै जानको लागि आग्रह गरे पछि राई कार्की, बस्नेत र कार्कीका सहयोगी शिव रोईलाको आग्रहमा क्याम्पस पुगको थिए ।

क्याम्पसमा पुगेका कार्की र बस्नेतले विएड प्रथम बर्षमा अध्यानरत अजय राईलाई हातपात गरेका थिए राई संग विवाद गर्दै चित्र कार्की र रमिला बस्नेतले हातपात गरे पछि सो स्थानमा पुगेका पत्रकार राईले भने दुई समुहलाई छुट्याउने प्रयत्न गरेको क्याम्पसका प्रध्यापक द्रोण पराजुलीले बताए ।

के बिषयमा आफ्ना विद्यार्थी माथी चित्र कार्की र रमिला बस्नेतले हातपात गरेको सो बिषयमा आफुहरु अनविज्ञ रहेको प्रध्यापक पराजुलीले बताए ।

आफ्ना विद्यार्थीलाई विना कारण क्याम्पसमा आएर हातपात गरे पछि क्याम्पस प्रशासनले तत्कालै इलाका प्रहरी कार्यालय बेल्टारलाई खबर गरेका थिए, इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोली आए पछि घटनामा संलग्न चित्रकुमार कार्की, रमिला बस्नेत, शिव रोइला र समाचार संकलन गरेर फर्कदै गरेका पत्रकार राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पुगेको बताए ।

घटनामा पत्रकार देवराज राई निर्दोष रहेको घटनाका प्रत्यक्षदर्षी तथा क्याम्पसका प्रध्यापक द्रोण पराजुलीले बताए, आफुलाई पत्रकार भन्दै विद्यार्थी माथि कुटपिट गर्ने चित्र कुमार कार्की र रमिला बस्नेत रहेको प्रध्यापक पराजुलीले बताए ।

बेल्टार घर भएकी रमिला बस्नेतको केहि समय यता बेल्टार क्षेत्रमा चरित्र हत्या हुने किसिमको सामाग्री सार्वजनिक भएको र सो सामाग्री बनाउनमा ज्योती बहुमुखी क्याम्पसमा अध्यानरत अजय राई संलग्न रहेको भन्दै उनीहरुले कुटपिट गरेको हुन सक्ने स्रोतको दाबी छ ।

चरित्र हत्या हुने सामाग्री सार्वजनिक भए पछि आक्रोसित बस्नेत र उनलाई सहयोग गर्नका लागि कार्की सो स्थानमा पुगेको जानकारी प्राप्त भएको छ । चरित्र हत्या हुने सामाग्री सार्वजनिक भए पछि उनीहरुले अजय राई माथि हातपात गरेको हुन सक्ने बताईएको छ ।

यता बस्नेत र कार्की संगै सो स्थानमा पुगेका राई भने सो स्थानमा के को लागि आफुलाई जान आग्रह गरिएको हो सो बारेमा आफुलाई पछि मात्र थाहा भएको जानकारी गराएका थिए ।

पक्राउ परेका चार मध्ये पत्रकार राई समाचार संकल पछि गाईघाट फर्कने क्रममा उक्त घटनामा संलग्न बस्नेत र कार्कीले क्याम्पस सम्म जान आग्रह गरे पछि सो स्थानमा पुगेको तथा कुनै पनि किसिमको हातपात नगरेको बताईएको छ ।

घटनामा संलग्न कार्की उल्टो मोटरसाईकल चलाक हुन् । उनी हालै गाईघाटबाट प्रकाशन सुरु भएको उदयपुर सिम्रिक दैनिकमा समेत कार्यरत छन् । यता घटनामा संलग्न रमिला बस्नेत प्रदेश नम्बर १ स्तरीय सुन्दरी प्रतियोगीता मिस स्टेट विजेता हुन् । उनीहरुलाई घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले बताए ।

यता पत्रकार राई पक्राउको विरोध भएको छ । विना कारण आफ्ना सहकर्मी पक्राउ गरेको भन्दै त्रियुगा एक्सप्रेस दैनिकले एक विज्ञप्ती जारी गर्दै भत्र्सना समेत गरेको छ ।

पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक विश्वराज तामाङले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनबाट फर्कदै गरेका राई ज्योती बहुमुखी क्याम्पसमा भएको घटनाको बिषयमा जानकारी राख्ने क्रममा प्रहरीले पक्राउ गर्नु आफैमा निन्दनीय भएको बताएका छन् ।

उनले घटनामा संलग्नको सत्य तथ्य छानविन गरेर घटनामा संलग्नलाई कानुनी कार्वाहि गरिनु पर्ने माग राख्दै आफ्ना निर्दोष सहकर्मी पक्राउ परेको प्रति गम्भीर आपत्ती जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !