१५ आश्विन २०८१, मंगलबार

नेपाल भाषाका प्रसिद्ध साहित्यकार गुभाजुको अन्त्येष्टि


Nepalpatra

२६ चैत, काठमाडौँ । नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं भाषासेवी अष्टमुनि गुभाजुको आज काठमाडौँको टेकू दोभानमा अन्त्यष्टि गरिएको छ ।

मुटु तथा मिर्गाैलामा समस्या देखिएपछि ललितपुरको महालक्ष्मी स्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा उहाँको सोमबार दिउँसो निधन भएको थियो ।

उहाँका एक श्रीमती र दुई छोरा छन् । नेपाल भाषा परिषद्का पूर्वसदस्यसचिव समेत रहनुभएका गुभाजुको नेपाल भाषासेवी, नेवाः अगुवा गुभाजुको ‘जातः’ (जन्मकुण्डली) आशा सफू कुथिमा संरक्षण गरिने भएको छ । त्यसका लागि आशा सफू कुथिमा हस्तान्तरण गरियो ।

दिवङ्गत गुभाजुको अन्तिम संस्कार टेकु दोभानमा नेपाल भाषा क्षेत्रका थुपै्र व्यक्तित्वसहित विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।

बौद्धविद्वान राजेन्द्रमान बज्राचार्यका अनुसार गुभाजुका ‘व्यक्ति कृतिः पण्डित बद्रीरत्न’, ‘हारती माता’, ‘धकिँदुने धकिँपिने’ (पर्दाभित्र पर्दा बाहिर) जस्ता दर्जनौँ पुस्तकसहित कथा, साहित्य, धार्मिक पुस्तक प्रकाशित छन् ।

बज्राचार्यले गुभाजुको निधनबाट नेपाल भाषा तथा साहित्य क्षेत्रमा ठूलो क्षति भएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !