१५ आश्विन २०८१, मंगलबार

गुलरियाको चमक हराउँदै


Nepalpatra

२६ चैत, धम्बोजी । साठी जनसङ्ख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत ग्रामीण क्षेत्र पर्छ । उद्योग कलकारखानासमेत नरहेको सदरमुकाम गुलरियालाई बबई नदीको कटान र वर्षेनी आउने बाढीले सताउने गरेको छ । स्थानीय तहमा कार्यालय स्थानान्तरण हुँदै गएपछि गुलरियाको चमक हराउँदै गएको छ । सुनसान र उराठ देखिन थालेको गुलरियामा व्यापारिक कारोवार प्रभावित भएको छ ।

गाउँगाउँबाट आउने सेवाग्राहीले स्थानीय तहबाटै सेवा पाउन थालेपछि सदरमुकामको चलहपहल र रौनक हराउँदै गएको हो । बढी भीडभाड हुने मालपोत र नापी कार्यालयको शाखा राजापुरमा स्थापना भएको करीब डेढ वर्ष भयो । इलाका प्रशासन कार्यालय राजापुर र बाँसगढीमा स्थापना भएको छ । बैंकिङ सेवा पनि जिल्लाका आठै स्थानीय तहमा पुगेको छ । विस्तारै सबै कार्यालय स्थानीय तहमा खुल्न थालेपछि यहाँका व्यापारिक प्रतिष्ठानको कारोवार खस्किँदै गएको व्यवसायी बताउँछन् ।

सदरमुकामका होटल व्यवसायी पनि कारोवार घट्दै गएकामा चिन्तत छन् । स्थानीय तह सञ्चालनमा आएपछि गुलरियाको विकासले गति लिने आशामा बसेका यहाँका बासिन्दा अहिले निराश बनेका छन् । पुरानो बजार गुलरिया आउने जोसुकै सुनसान देख्दा आश्चर्य मान्छन् । पूर्वाधार र विकासमा सदरमुकाम निकै पछाडि परेको छ । सदरमुकामको हुलाकी सडक अस्तव्यस्त छ । प्रहरी चोकदेखि शहीद गेटसम्मका सडकमा जताततै खाडलै खाडल छ ।

नगरपालिका र जिल्ला प्रशासन कार्यालय अगाडि हुलाकी सडक भत्किएर पानी जम्न थालेको वर्षाैँ भयो । मर्मतसम्भार अझै हुनसकेको छैन । धुलाम्य सडकमा सवारीसाधन गुड्नासाथ सर्वसाधारण मुख छोपेर हिँड्न बाध्य छन् । जनप्रतिनिधि विकासभन्दा छलफल गोष्ठीमा मात्रै सीमित भएको नगरवासीको गुनासो छ । गत वर्षका विकास योजनाको काम शुरु भए पनि अपूरो भएको छ । गुलरिया बजार अतिक्रमणको चपेटमा छ । सडक ओगेटेर राखिएका टहरासहितका पसल र ठेलाले आउजाउमा समस्या पारेको छ ।

सदरमुकामको पुरानो बजार भन्सार रोड, प्रहरीचोक हुँदै बसपार्कसम्म सडक अतिक्रमण यातायातका साधान र पैदलयात्रुलाई आउजाउमा समस्या परेको स्थानीयवासीले बताएका छन् । विगतमा अतिक्रमण गरी बनाइएका टहरा र ठेला नगरपालिकाले हटाउने प्रयास गरे पनि फेरि जस्ताको त्यस्तै भएको छ । सडकमा बनाइएका नाली बाहिर टहरा वा सवारी आवागमन र आउजाउमा बाधा नहुने गरी व्यवसाय चलाउन नगरपालिकाले दिएको निर्देशन व्यवासायीले अटेर गरेको नगरपालिकाका कर्मचारी बताउँछन् । नगरपालिका र स्थानीय प्रशसानले खासै चासो नदिएका कारण पनि सडक अतिक्रमण बढ्दै गएको गुनासो स्थानीयवासीको छ । नगरपालिकाको आफ्नै अवस्था अस्तव्यस्त छ ।

नगरपालिकाका प्रमुख मुक्तनाथ यादवले हुलाकी सडकमा भएको अतिक्रमण स्थानीय प्रशासन र राजनीतिक दलको सहयोगमा हटाइने बताउनुभयो । सडक अतिक्रमण हटाए पनि ढल निकासलाई व्यवस्थित गरी दुवै किनारमा रुख लगाई हराभरा पार्ने र शहरलाई सफा बनाउने योजना रहको उहाँले बताउनुभयो ।

नगरपालिका विकासको बाधक

करीब चार दशक अगाडि गुलरियामा निर्माण गरिएको आवाघर अहिले जोखिममा परेको छ । करीब ४० वर्ष पहिला एक स्थानबाट अर्को स्थानमा खबर तथा सन्देश पठाउनका लागि प्रयोगमा ल्याइएको हुलाकी सडक निमार्णसँगै जोखिममा परेको हो । तत्कालीन समयमा सन्देश प्रवाह गर्न निकै सजिलो साधनका रूपमा प्रयोग हुने आवाघर सञ्चारको विकासँगै ओझेल परको भए पनि आज आएर हुलाकी सडक फराकिलो हुने भएपछि आवाघरसमेत सङ्कटमा परेको छ । दूरसञ्चार कार्यालयभित्र रहेको आवाघरसमेत सडकमा परेर भत्किन थालेकाले आफू दुःखी भएको गुलरिया नगरपालिका–८ का वडाध्यक्ष धवेन्द्र बानियाँले बताउनुभयो । पछिल्लो समय हुलाकी सडक निर्माण पक्रिया तिव्र गतिमा अघि बढेको छ । स्थानीयवासीले सडक परेको घर भत्काइरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !