१६ आश्विन २०८१, बुधबार

संस्थागत र क्षमतागत विकासमा लाग्न आग्रह


Nepalpatra

१७ चैत, चितवन । पत्रकारिता क्षेत्रको इतिहासलाई सम्झँदै संस्थागत र क्षमतागत विकासका लागि लाग्नुपर्ने सरोकारवाले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार यहाँ आयोजना गरेको पूर्वअध्यक्ष सम्मान एवं संस्थागत विकासको सवाल विषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलले समाज परिवर्तनसँगै पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई पनि सँगसँगै लैजानु आवश्यक रहेको बताउनुभयो । अहिलेको परिवर्तनको प्रमुख हिस्सेदार पत्रकार रहेको बताउँदै उहाँले क्षमता वृद्धि गर्दै समाजमा लुकेका कुरालाई बाहिर ल्याउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्यालले अहिलेको समयमा क्षमता र संस्थागत विकास दुवै आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्ण गिरीले पत्रकारिता क्षेत्रको संस्थागत विकाससँगै पत्रकारले समाज रूपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्वअध्यक्ष महेन्द्रराज श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी र हरिप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । महासङ्घको ६४औँ स्थापना दिवसका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !