११ बैशाख २०८१, मंगलबार

बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई अदालतको सफाइ


kumar lama

काठमाडौं २१ भदौ–विगत साढे तीन बर्षदेखि बेलायती प्रहरी /प्रशासनको नियन्त्रण, निगरानी र नजरबन्दमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नजरबन्दबाट मुक्त गर्न त्यहाँको अदालतले आदेश दिएको छ ।

बेलायती अदालतले मङ्गलबार पर्याप्त प्रमाण र आधारबिना मुद्दालाई थप अघि बढाउन नसकिने निर्णय गरेको बेलायतस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

लोकान्तरले परराष्ट्रले औपचारिक जानकारी दिनुअघि बेलायतस्थित विभिन्न स्रोतहरुसँग सम्पर्क गरि त्यहाँको सेन्ट्रल क्रिमिनल कोर्टले लामालाई नजरबन्दमुक्त गर्ने निर्णय सुनाएको पुष्टि गरेको थियो ।

उक्त अदालत परिसरमा निर्णय सुन्न थुप्रै सञ्चारकर्मी, मानवअधिकारकर्मी र लामाका आफन्त उपस्थित थिए ।

युद्ध अपराधसम्बन्धी दुई मध्ये एक मुद्दामा साउनमै उन्मुक्ती पाइसकेका लामाले दोस्रो मुद्दामा पनि सफाई पाएका हुन् ।

दुवै मुद्दाको फैसला उनको पक्षमा भएसंगै अब लामा नेपाल आउने बाटो पनि खुलेको छ।

सशस्त्र द्वन्द्वको समयमा नेपालको कपिलबस्तु गोरुसिंगेका जनकबहादुर राउत र करिम मियाँलाई चरम यातना दिएको आरोपमा ‘युनिभर्सल जुरिस्डिक्सन’ अन्तर्गत उनी बेलायतमा पक्राउ परेका थिए ।

बेलायतको ‘पीआर’ लिएका कारण उनी त्यहाँ परिवार भेट्न जाँदा पक्राउ परेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहल गरेको थियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !