२३ भाद्र २०८१, आइतबार

मोटरबाटोका लागि गाउँपालिका अध्यक्षद्वारा सहयोग


Nepalpatra

१२ फागुन, मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि रु दुई लाख प्रदान गर्नुभएको छ ।

स्व बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श्रेष्ठको सम्झनामा अध्यक्ष श्रेष्ठले उक्त खर्चमा मोटरबाट निर्माण गरिदिनुभएको हो । मन्दिरसम्म पुग्नका लागि मोटरबाटो अभाव भइरहेका बेला गाउँपालिका अध्यक्ष श्रेष्ठले रु दुई लाख लगानीमा मोटरबाट निर्माण गरिदिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । मोटरबाटो निर्माणका लागि दुर्गा विष्ट र यामकुमार बुढाथोकीले जग्गा दिनुभएको थियो ।

पर्यटकीयस्थलको रूपमा चिनिएको यस मन्दिरमा पूजाआजा गर्न एकतप्पा, फाकफोक, आमचोक, लुम्दे, फूएतप्पा, गजुरमुखीलगायतबाट श्रद्धालु तथा भक्तजन आउने गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !