१४ बैशाख २०८१, शुक्रबार

ओप्स स्तरीय “तीज नृत्य प्रतियोगिता” सम्पन्न: कौशल स्कुल प्रथम्


teej geet

अर्गनाइजेसन अफ प्राइभेट स्कुल “ओप्स” द्वारा आयोजित अन्तर बिध्यालय तीज नृत्य प्रतियोगिता बालुवाटार स्थित न्युटन हाईस्कुलमा आज सम्पन्न भयो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिश्ठानका प्राज्ञ तथा गीतकार उन्नती बोहरा “शिला” ज्यु प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा ओप्स अन्तर्गतका १९ ओटा बिध्यालयहरु सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतियोगी बिध्यालयका बिध्यार्थीहरुले तीज संग सम्बन्धित लोक तथा आधुनिक गीतमा नृत्यहरु प्रस्तुत गरेका थिए । करिब चार बजे समाप्त भएको उक्त कार्यक्रममा तार्केश्वोर नगरपालिका -१८, मनमैजु, स्थित कौशल इङ्ग्लिइस बोर्डिङ्ग स्कुलका बिध्यार्थीहरु प्रथम भएकाछ्न । साथै दित्तिय तथा तृतिय स्थानमा क्रमश: मनासलु पब्लिक उच्च मा बि र चिल्ड्रेन इटर्नल स्कुल रहेका छ्न भने ज्ञान मन्दिर हाइस्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

teej 2073

एकसाता अघी काठमाण्डौं प्याब्सनद्वारा राष्टिय नाचघर जमलमा आयोजीत अन्तर बिध्यालय तीज नृत्य प्रतियोगीतामा ४५ स्कुलहरु मध्ये चौथो स्थान हाँसिल गरेको कौशल स्कुलले यो चोटी भने प्रथम स्थान हाँसिल गर्न सफल भयो । बन्दना भण्डारीद्वारा प्रशिक्षण गरिएको उक्त नृत्य कार्यक्रम भरिकै आकर्षणको रुपमा रहेको कुरा प्रतियोगिताका निर्णायक संयोजक त्रीभुवन विश्वोविध्यालय पध्मकन्या क्याम्पसका नृत्य बिभागका प्रमुख प्राध्यापक प्रकास तुलाधरले बताउनुभयो ।

नेपाली संस्कृतीको संरक्षण र संबर्दन गर्दै आधुनिकताले ढाकेको तीजको मौलिकता जोगाउन उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक ओप्सका सचिव तथा कौशल स्कुलका प्रीन्सीपल शिब प्रसाद अर्यालले बताउनु भयो। साथै उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोहराले यस्तो कार्यक्रमले नेपाली कला र संस्कृती जोगाउने र नयाँ पुस्तामा संकृतिको महत्व झल्कने कुरा बताउनु भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !