५ आश्विन २०८१, शनिबार

वन अतिक्रमणमा वृद्धि


Nepalpatra

१ फागुन, भोजपुर । भोजपुरमा वन अतिक्रमण गर्ने कार्यमा वृद्धि भएको छ । जिल्लाभर हालसम्म ६८ दशमलव ६८ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।

इलाका वन कार्यालय बोयाअन्तर्गत सबैभन्दा बढी ३७ दशमलव पाँच, वालङ्खाअन्तर्गत ७ दशमलव ३५, याकुमा ९ दशमलव १ हेक्टर र अन्य विभिन्न स्थान गरी कूल ६८ दशमलव ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको सो कार्यालयले जनाएको छ ।

यसरी अतिक्रमित वन सरकारीकरण गर्नका लागि विभिन्न वन उपभोक्ता समूहसँग छलफल भइरहेको कार्यालयले जनाएको छ । वन अतिक्रमण गर्नेलाई वन ऐनअनुसारका कारवाही गरिने पनि वन कार्यालयले जनाएको छ । वन ऐन २०४९ ले अतिक्रमण भएको जग्गा राष्ट्रियकरण गरी वन अतिक्रमण गर्नेलाई रु १० हजारसम्म जरिवना, एक वर्ष जेल वा दुवै सजाय हुने व्यावस्था गरेको कार्यालयले जनाएको छ ।

भोजपुर जिल्लामा ७७ हजार ३२३ हेक्टर वन क्षेत्र छ । जुन जिल्लाको कूल भू–भागको ५० दशमलव ७८ प्रतिशत हो ।

लम्सुवाघाटको पुल निर्माणलाई निरन्तरता दिन दबाब

भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल अलपत्र बनेपछि स्थानीवासी प्रभावित बनेका छन् । प्रदेश सरकारलाई दबाब दिने निर्णय गरिएको छ । स्थानीयवासीले पुल निर्माण कार्यलाई चाँडो गर्न षडानन्द नगरपालिका घेराउ गरेपछि गाउँपालिका र स्थानीयवासीबीच प्रदेश सरकारलाई दबाब दिने निर्णय भएको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले कार्यपालिकाका सम्पूर्ण पदाधिकारी नै प्रदेश कार्यालयले पुगेर सडक डिभिजन, प्रदेश सरकार र सङ्घीय सरकारलाई दबाब दिने निर्णय गरेको नगर प्रमुख वीरबल राईले जानकारी दिनुभयो ।

विसं २०६७ बाट निर्माण शुरु भएको १६७ मिटर लामो सो पुलको सात पिलर आधा मात्रै उठाइएको छ । विसं २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने पुलको जमीनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएकाले पुल निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी भागेपछि पुल अलपत्र परेको हो ।

रु १३ करोड पाँच लाखको लागतमा सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता गरिए पनि समय थप्ने क्रममा पिलरको डिजाइन परिर्वतन गरेसँगै यो पुलको लागत रु १६ करोड ६३ लाख पु¥याइएको छ । पुल निर्माणको काम अलपत्र भएपछि स्थानीयवासी अहिले निराश भएका छन् । पुल अभावका कारण स्थानीयवासी अहिले डुङगाको साहारामा जोखिमपूर्णयात्रा गर्न बाध्य छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !