१२ आश्विन २०८१, शनिबार

वाक कला तथा उद्घोषण तालिम सम्पन्न


Capture

१३ माघ, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल काठमाडौं महानगर ईकाइ समितिको आयोजनामा सञ्चालन भएको वाक कला तथा उद्घोषण तालिम काठमाडौमा सम्पन्न भएको छ ।

माघ १२ गते परिषदको केन्द्रीय कार्यालय सानोगौचरनमा अन्नपूर्ण मिडिया नेटवर्कका Head of Department तथा वरिष्ठ पत्रकार श्री मनोज बस्नेतको प्रमुख आथित्यमा पौष २८,२९ र ३० गते सञ्चालन भएको उक्त तालिम सम्पन्न भएको हो ।

परिषदका काठमाडौ महानगर इकाईका कार्यकर्तालाई उद्योषण कलामा सक्षम बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको प्राज्ञिक विद्यार्थी परिषद काठमाडौं महानगर सह-सचिव तथा कार्यक्रम संयोजक युवराज गिरीले बताए ।

समापन कार्यक्रममा परिषदका महासचिव सुरेन्द्र प्रसाद भट्ट, राष्ट्रिय सचिव क्षितराज न्यौपाने, ३ नं प्रदेश सचिव कृष्ण प्रसाद हुमागाई तथा प्रशिक्षक सुरेन्द्र प्रसाद जोशीको उपस्थित रहेको थियो ।

तालिममा परिषदका ३ नं प्रदेश अध्यक्ष फुल प्रसाद सुवेदी, राष्ट्रिय साहित्य प्रमुख सुरेन्द्र प्रसाद जोशी, ३ नं प्रदेश सचिव कृष्ण प्रसाद हुमागाइ, केन्द्रीय सदस्य रमेश पन्त र केन्द्रीय सदस्य तथा मिडियाकर्मी रुपेश बोहाराले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

तालिममा महानगरका विभिन्न दायित्वमा रहनुभएका १५ छात्र छात्रा सहभागी भएका थिए । यस कार्यक्रमबाट सहभागिता लिएका सबै सहभागीले परिषद्ले आयोजना गरेको उद्घोषण तालिमबाट आफ्नो बोल्ने कला र उद्घोषण कलामा वृद्धि भएको र तालिमबाट आफ्नो आत्मविश्वास बढेको जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !