१२ असार २०८१, बुधबार

रोयल सहकारीको एटिएम सेवा


Nepalpatra

८ माघ, चिप्लेढुङ्गा । पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै एटिएम सेवा सञ्चालन गरेको छ ।

एटिएम सुविधाको गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एक कार्यक्रमका बीच आज शुभारम्भ गर्नुभयो । उहाँले सहकारी समय सापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । वित्तीय क्षेत्रमा सहकारी अग्रस्थानमा रहेकाले आधुनिक र प्रविधिमैत्री हुनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो ।

सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन एटिएम सेवा सञ्चालनमा ल्याइएको सो सहकारीका सचिव भीम गुरुङले बताउनुभयो । पोखरामा ६२९ सहकारी संस्था छन् । एटिएम सेवा उपलब्ध गराउने पोखरा रोयल सहकारी जिल्लाकै पहिलो हो । सो सहकारीमा हाल पाँच हजार शेयर सदस्य आवद्ध छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !