८ बैशाख २०८१, शनिबार

नेपालबाट दुई सय ८१ विदेशी निष्कासित


Langtang

एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ । विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको हो ।

आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन् । अध्यागमन विभागका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् ।

डलर तस्करी तथा ओभरस्टेमा धेरै विदेशी निष्कासनमा पर्ने गर्दछन् । लागुऔषध, ठगी, तस्करी, यौन दुराचारसम्बन्धी मुद्दामा जेल परेका ४५ जनालाई पनि जेलबाट छुटेपछि निष्कासन गरिएको छ । यस्तो मुद्दाका विदेशीलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको छ । त्यस्तै, अध्यागमनसम्बन्धी अपराधमा संलग्नलाई भने एक वर्ष आउन नपाउने गरी निष्कासन हुने गरेको छ ।

प्रायस् अवैध गतिविधिमा संलग्नहरू अध्यागमन अवधि नाघेर बस्ने गरेका छन् । धेरै चिनियाँ नागरिक नेपालमा पर्यटक भिसामा बिजिनेस गरेर बस्ने र एक वर्षमा पाँच महिना मात्र बस्ने पाइनेमा धेरै बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !