१५ असार २०८१, शनिबार

एघार महिनामा साढे १४ सय दुव्र्यसनी पक्राउ


Nepalpatra

१५ मङ्सिर, न्होम पेन्ह कम्बोडिया । कम्बोडियामा लागू औषध दुव्र्यसनीको आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ ।

गत ११ महिनाको अवधिमा सात हजार २२९ ओटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन् ।

आन्तरिक मामिला मन्त्रालयको लागू औषध विरुद्धको विभागले शनिबार दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये आठ हजार २२२ जना लागू औषध ओसारपसार गरेको आरोपमा पक्राउ परेका हुन् ।

त्यसैगरी पक्राउ पर्नेमा विदेशी पनि रहेका छन् । पछिल्लो विवरणअनुसार विदेशीमा १८ देशका २४२ जना रहेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !