२३ भाद्र २०८१, आइतबार

जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण


kathmandu nagarpalika

३ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । कामपाले आज टेकु ट्रान्सफर स्टेसनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा र भैंसीको लादीलगायत जैविक फोहरमा माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रले फोहर सङ्कलन र ढुवानीमा राम्रै काम गरे पनि सार्वजनिक ठाउँमा छुट््याएर महानगरको छवि बिगारेको बताउनुभयो । बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइटका रुपमा तयार गर्न शहरी विकास मन्त्रालयले पूर्वाधार विकासको जिम्मेवारी लिएको र त्यस क्षेत्रमा काठमाडौँबाट जाँदा तीनपिप्लेसम्मको सडक निर्माण गर्न यसअघि नै बोलपत्र आह्वान भइसकेको पनि शाक्यले जानकारी गराउनुभयो ।

कामपाका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले परम्परागत फोहर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको जानकारी दिनुभयो । इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । यो विधि जैविक फोहरमा प्रयोग गरिन्छ । यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !