२३ बैशाख २०८१, आइतबार

पाकिस्तानको अस्पतालमा आतंकवादीले गराएको आत्मघाती विष्फोटमा ७० को मृत्यु


blast-in-pakistan

पाकिस्तानको दक्षिण पश्चिम शहर क्वेटाको एक अस्पतालमा सोमबार आतंकवादीले गराएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका छन् । तीमध्ये अधिकांशको स्थिति गम्भिर छ ।

अस्पतालमा विष्फोट गराउनुभन्दा केहीअघि बालुचिस्तान राज्यका लोकप्रिय वकिल बिलाल अन्वर कासीको गोली हानी हत्या भएको थियो । उनको शव क्वेटाको सिभिल हस्पिटल पुर्याउने क्रममा आकस्मिक कक्षको प्रवेशद्वारमा स्थानीइ समयअनुसार बिहानको साढे ९ बजे बिष्फोट गराइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !