१२ आश्विन २०८१, शनिबार

गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना


Myagdi

२० कात्तिक, म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु मानिएको बेनी नगरपालिका–९ गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ ।

कुश्मास्थित चण्डिका गणअन्तर्गत प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सो गुल्मको स्थापना गरिएको हो । गुल्ममा हाल ३५ प्रहरी खटिएका छन् । भौतिक पूर्वाधार निर्माण गरी जनशक्ति थप गरिने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताउनुभयो । यसअघि जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति थिएन । पर्वतको कुश्मास्थित गणले नै सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको थियो ।

पञ्चकर्म उपचार सेवा

बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पञ्चकर्म उपचार सेवा शुरु गरेको छ । स्नेहन र स्वयजन कर्म गरेर पञ्चकर्म विधिबाट उपचार सेवाको शुरुआत गरिएको केन्द्रका प्रमुख रमेश शर्मा भुसालले जानकारी दिनुभयो ।

केन्द्रमा नशा, बाथ, पिनास तथा टाउको दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरी तातो वाफ दिएर उपचार गरिन्छ । पञ्चकर्म उपचार विधितर्फ बिरामीको आकर्षण बढ्दै गएको भुसालको भनाइ छ । हरेक हप्ता सोमबार, मङ्गलबार र बुधबार सो सेवा प्रदान गरिन्छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !