१२ असार २०८१, बुधबार

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति


Nepalpatra

१८ कात्तिक, काठमाडौँ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए/नभएको बारे अध्ययन गर्न जोड दिइएको छ ।

समितिको आजको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिनुभयो ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले संसद्ले विषयगत रुपमा अध्ययन गरी बनाएको कानूनको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि बहानामा कानून कार्यान्वयनको कमी हुन नहुने बताउनुभयो ।
कानूनविद् खिमलाल देवकोटाले विकसित मुलुकमा अध्ययन÷अनुसन्धान गरेर मात्र कानून निर्माण गर्ने परिपाटी रहेको उल्लेख गर्दै नेपालका कानूनको प्रभावकारिताबारे अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।

समितिका सभापति पशुराममेघी गुरुङले कानून कार्यान्वनका विषयमा आगामी बैठकमा पनि छलफल जारी रहने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !