१४ आश्विन २०८१, सोमबार

प्राज्ञिक विद्यार्थी परिषदको राष्ट्रव्यापी रूपमा कार्यक्रम सम्पन्न


pratij

२६ भदौ, काठमाण्डौ । विद्यार्थी परिषद त्रिभुवन विश्वविद्यालय इकाई ,सुर्खेतको विरेन्द्र नगर इकाई र दाङको घोराही नगर इकाईको आयोजनामा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भने सर्लाहीको लालवन्दी इकाई, नवलपुरको कावासोती इकाई र पर्वतको कुश्मा इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।

त्यस्तै काभ्रेको धुलिखेलमा दुई दिने भाषण कला एवं तर्कशाला कार्यक्रम ,तनहुँको दमौली इकाईमा शिक्षक संवाद कार्यक्रम ,दाङको घोराहीमा वृक्षारोपण कार्यक्रम ,जुम्लाको चन्द्रनाथ इकाईमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएका छन ।

गत शनिबारका दिन आयोजना गरिएको कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष डा. रामजी गौतम, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय सचिव छितराज न्यौपाने, विष्णु पंगेनी , प्रकाश शर्मा ,राष्ट्रिय छात्रा प्रमुख भगवती श्रेष्ठ, राष्ट्रिय सह छत्रा प्रमुख बृन्द्रा विक लगायत केन्द्रीय सदस्यहरुको पनि सहभागीता रहेको थियो ।

सबै इकाईहरुका कार्यक्रमहरु सभ्य ,भब्य र दिव्य रूपमा सम्पन्न भएको परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !