४ जेष्ठ २०८१, शुक्रबार

पर्खाल लडेर दुई विद्यार्थीको ज्यान गएपछि फरार रहेको लामा पक्राउ


student-dead

जग्गा प्लटिङ गरेर नियम विपरित लगाएको पर्खाल लडेर पुष्पाञ्जली स्कुलका दुई विद्यार्थीको ज्यान गएपछि फरार रहेको कर्मा लामालाई प्रहरी पक्राउ गरेको छ ।

काभ्रे टिमालका कर्मालाई बिशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले बिहिबार अस्पतालमा उपचार गर्न आएको बेला पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

असार १७ ललितपुरको टौखलमा रहेको पुष्पाञ्जली स्कुल पछाडिको जग्गा प्लटिङका लागि लगाईएको पर्खाल भत्कदा दुई विद्यार्थीको ज्यान गएको थियो । घटनामा अन्य २५ जना विद्यार्थी घाइते भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !