१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


kp oli

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।

प्रस्तावमा कांग्रेसका २०७, माओवादी केन्द्रका ७० र नेकपा संयुक्तका तीन जना गरी २ सय ८० सांसदको हस्ताक्षर रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।

अविश्वासको प्रस्ताव दर्ता गराउन भावी प्रधानमन्त्रीको दावेदारका रुपमा हेरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम् आफ्नो दल र कांग्रेसका सांसदहरुसहित संसद पुगेका थिए।

प्रवक्ता गौतमका अनुसार भोलि(बिहीबार)बाट गणना हुने गरी सात दिनपछि मात्रै उक्त प्रस्तावमाथि संसदमा छलफल हुनेछ।

संसद नियमावलीमा अविश्वासको प्रस्तावमाथि छलफल हुनु सात दिन पूर्व नै दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !