८ बैशाख २०८१, शनिबार

नारायणगढको कलश होटलमा युवतीको हत्या गरी युवक फरार


killed

चितवन। नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् ।
प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । होटलमा सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरी युवक फरार भएको अनुमान प्रहरीले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !