७ बैशाख २०८१, शुक्रबार

राप्तिमा पानीको सतह अत्याधिक, नदी किनारका ६ गाविसमा खतराको संकेत


rapti river

२१ असार, २०७३:- नेपालगन्ज, दुई दिनदेखि लगातार भएको वर्षाले राप्ती नदीमा आएको बाढीले खतराको संकेत चिन्ह पार गरेको छ । नदी किनारका ६ गाविसमा खतराको संकेतस्वरुप साइरन बजाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म कुसुममा पानीको सतह ५ दशमलव २ मिटर पुगेको छ ।

पानीको सतह कुसुममा ५ मिटर पुग्दा राप्ती किनारका होलिया, बेतहनी, फत्तेपुर, कम्दी, गंगापुर, मटेहिया लगायतका गाविस डुबानको खतरामा पर्ने भएकाले ती गाविसका प्रत्येक गाउँहरुमा साइरन बजाएर सचेत गराउने काम भएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

पूर्व सूचनाकालागि कुसुममा राखिएको बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले मंगलबार बिहानदेखि राप्ती नदीमा पानीको सतह क्रमशः बढ्न सुरु भएको बताए ।

कुसुममा आएको बाढीले ५ मिटर पार गर्दा सो पानी ती कम्दी, होलिया गाविससम्म पुग्दा कम्तीमा पनि ५ घण्टा लाग्ने भएकाले बाढी पूर्व सूचनाको प्रविधि प्रयोग गरी सूचना प्रवाह गर्दा क्षती न्यूनिकरण हुने स्थानीय प्रशासनको विश्वास छ । त्यसैले साइरन बजाएर बाढी मापन केन्द्रबाट समुदायस्तरमा निरन्तर सूचना प्रवाह हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !