१२ श्रावण २०८१, शनिबार

प्युठानमा पहिरोमा पुरीएर ८ जनाको मृत्यु


pahiro

२१ असार, २०७३:- प्युठान, गएराति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ। रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उनकी श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो ।

छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय जानकारी दिए ।

त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !