४ जेष्ठ २०८१, शुक्रबार

युएईमा काम गर्ने नेपालीको संख्या साढे ४ लाख, एक सय जना नेपाली जेलमा


nepali in uae

असार १८ – सयुत्त अरब एमिरेट्स युएईका जेलमा एङ्क सय जना नेपालीले जेल जीवन बिताई रहेका छन । विभिन्न कारणले जेल जीवन बिताइरहेका नेपालीको अवस्था बारे बुझ्न यहाँका सबै जेलमा पुगेर तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । विभिन्न नेपाली संघसस्था तथा व्यवसायी, युएईमा नेपालीलाई रोजगारी दिएका कम्पनीका प्रतिनिधिको उपस्थितीमा दूतावासले १२ वर्षपछि शुक्रबार पहिलो पटक दुबईमा वैदेशिक रोजगर सम्बन्धी अन्तर्कृया कार्यक्रम गरेर तथ्याकं सार्वजनिक गरेको हो । यसअघि दूतावासको समन्वय र एनआरएन लगायत अन्य संघसस्थाले दुबईका केही जेलमा पुगेर त्यहा रहेका नेपालीको अवस्था बारे बुझ्दै आएका थिए । तर यहाँ रहेका सम्पूर्ण जेलमा भने दुतावास पुग्न सकेको थिएन ।

झन्डै ३ महिनाको अबधीमा दूतावासले यहाँका सबै जेलमा पुगेर जेल जीवन बिताई रहेका नेपालीको अवस्था बारे तथ्यांक सार्वजनिक गरेको हो ।

दूतावासले यहाँका अस्पतालमा उपचाररत तथा कोमामा रहेका नेपालीको अवस्था बारेपनि तथ्यांकमा उल्लेख गरेको छ । स्रोत र साधनका अभावका कारण १२ वर्षसम्म गर्न नसकेको जेल, अस्पताल तथा कार्यक्षेत्रको स्थलगत अवलोकन पछि तयार पारेको कार्यपत्र दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कार्यबाहक राजदूत नेत्रबहादुर टन्डनले युएईले आप्रवासी कामदारका लागि प्रत्याभुत गरेका श्रम कानुन र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतगर्दै कार्यबाहक राजदूत टण्डनले युएई सरकारले कामदार मैत्री कानुनहरु कार्यान्वयनमा ल्याएकाले त्यसबाट नेपाली कामदारलाई फाईदा पुग्ने बताउनुभयो ।

त्यस्तै दूतावासका श्रम कन्सुलर भेष बहादुर कार्कीले नेपाल सरकारले ब्यबस्था गरेका वैदेशिक रोजगार सम्बन्धी नीतीनियम, कानुन र निर्देशिका बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सरकारले वैदेशिक रोजगार सम्बन्धी व्यवस्थालाई समय सापेक्ष पारिमार्जित गर्दै गएका विषय र आगामी दिनमा अपनाउन आवश्यक विषयमा रायसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गएको जेठ मसान्तसम्ममा युएईमा कामका लागि आउने नेपालीको सख्या ४ लाख ४५ हजार ८ सय ८१ जना पुगेको छ । अन्तरकृयामा दूतावासकी श्रम सहचारी हिरा कुमारी यादवले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख तथ्यांक अनुसार नेपालीका लागि खाडी मुलुक युएई चौथो ठुलो श्रम बजारको रुपमा देखिएको छ ।

यहाँ ४ लाख ८ हजार ५ सय ६४ पुरुष (९.२ प्रतिशत) र ३७ हजार २ सय ७७ महिला अर्थात (८.३६)प्रतिशत महिला कार्यरत छन् । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारिमा जाने नेपालीको संख्या दैनिक घटेको भएपनि नेपालको कुल ग्राहस्थ उत्पादनको ३२.१ प्रतिशत बैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट रहने अपेक्षा गरिएको छ ।

अन्तरकृयामा श्रम सहचारी यादवले प्रस्तुत गरेको कार्यपत्रमा युएईमा रहेका नेपालीको अवस्था, रोजगारका अवसर, चुनौती, समस्या र समाधानका उपाय समेत उल्लेख गरिएको थियो ।

कार्यक्रममा दूतावासकी द्वितिय सचिव बिष्णु अधिकारीले मेसिन रिडेबल पासपार्ट (एमआरपी)को प्रत्यक्ष दर्ता प्रणाली सुरु गरे देखी हाल सम्म जारी गरिएको बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुतावासले झन्डै ५ महिनामा ५ सय नेपालीलाई प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत बाट एमआरपी वितरण गरेको हो ।

दुबईको रोयल नासिमा होटलमा शुक्रबार आयोजित कार्यक्रममा यहाँ संगठित दुई दर्जन बढी संघसंस्था तथा व्यवसायी प्रतिनिधि र युएईमा नेपालीलाई रोजगारी दिएका कम्पनीका प्रतिनिधिहरु गरि १ सय ७० जनाको उपस्थिती थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !