१३ बैशाख २०८१, बिहिबार

पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन


MangalSiddhi-Manandhar

१७ असार, २०७३:- काठमाडौं, संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

मानन्धरको हृदयघातका कारण शुक्रबार विहान १० बजेर ४५ मिनेटमा निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दुई महिना अघि मात्र भारतको इन्दिरा गान्धी अस्पतालमा उनको क्यान्सरको उपचार गरिएको थियो ।
‘मानन्धर २०६३ मा शिक्षामन्त्री पनि भएका थिए’।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भएका मानन्धर त्रिभुवन विश्वविद्यालयको भूगोल विभागका प्रमुख र पहिलो संविधानसभा सदस्य पनि भएका थिए ।

उनले अमेरिकाको ओक्लाहोमा विश्वविद्यालयबाट सन् १९७३ मा भूगोल विषयमा विद्यावारिधि गरेका थिए ।
मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !