८ बैशाख २०८१, शनिबार

पार्टीका सबै निकायहरुलाई बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहतमा जुटन निर्देशन : क्रांगेस


Nepali-Congress-Party-Flag

१७ असार, २०७३:- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहत कार्यमा सहयोग गर्न पार्टीका सबै निकायहरुलाई निर्देशन दिएका छन् ।

उनले शुक्रबार प्रेस विज्ञप्ति निकालेर पीडित परिवारहरुको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई सहयोग पुर्‍याउन निर्देशन दिएका हुन् ।

कांग्रेसले बाढी पहिरोमा परेकाहरुप्रति दुःख व्यक्त पनि गरेका छन् । ‘केही दिनदेखि परेको अविरल वर्षका कारण पहिरो र बाढीबाट धादिङ, गोरखा, दोलखा लगायत देशका विभिन्न भागहरुमा कतिपय व्यक्तिहरु हराइरहेका, दुई तर्फको पहिरोको बीचमा थुनिएका, सयौंको संख्यामा घाइते भएका र धनसम्पत्तिको अपूरणीय क्षति भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्राकृतिक विपत्तिको धैर्यताका साथ सामना गर्न र विपतमा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !