८ जेष्ठ २०८१, मंगलबार

भुकम्पपिडित पहिरोकाकारण अलपत्र, टहरा छाडेर जङ्गलको बास


vukampa-pidit

१६ असार, २०७३:- गोरखा जिल्ला केरौँजा गा.वि.स-१ का १ सय १३ वटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन्। गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले केरौँजा–४ को पूरै बस्ती बगाएको थियो। गाउँबाट विस्थापित भएका १३७ घरधुरीका गाउँले वडा नम्बर १ को जग्गामा टहरो बनाएर बस्दै आएका थिए। गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पुर्याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन्।

बर्षा यामसँगै निरन्तर रुपमा दिनहुँ पानी पर्ने र पानिका करण पहिरो पनि खसिरहेका हुदाँ बस्नका लागी निकैनै अप्ठारो भइरहेको झन साना-साना नानि बाबु हुने लाईअझ गारो भइरहेको छ।

‘ठूलो आवाजसहित पहिरो खस्छ।’डर त्रासले सबैको मनलाइ पिरलिरहेछ, स्थानिय बासिन्दा बताउछन्।-भूकम्पले चिराचिरा बनाएको जमिनमा गाउँलेले टहरा बनाएका थिए। भूकम्पले घरमा क्षति र पहिरोले जमिन बगाएपछि केरौँजावासी सुरक्षित आवासको खोजीमा छौ।
बुधबार झरेको पहिरोले केरौँजास्थित नेपाली सेनाले हालै निर्माण गरेको अस्थायी सामूहिक आवासमा पनि क्षति पुगेको छ । पहिरोले क्षति पु्र्याएको केरौँजा र उहिया गाविसको खोर्लाबेसीको स्थलगत अवलोकन गरेर सदरमुकाम फर्किनुभएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पहिरोको उच्च जोखिममा रहेका गाउँ सुरक्षित स्थानमा सार्नुपर्ने बताए ।

खोर्लाका २१ ओटा टहरा पहिरोको उच्च जोखिममा छन्। बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले केरौँजा र उहियाको खोर्लाबेसीमा स्थानीयवासीलाई सहयोग गर्न सुरक्षा फौज राख्ने निर्णय गर्नुका साथै पहिरोपीडितलाई त्रिपाल लगायतका सामग्री तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भट्टले बताए।

पहिरोले केरौँजा, उहियाका साथै लापु, मान्वु, काशीगाउँलगायत उत्तरी भेगका विभिन्न गाविसमा रहेका भूकम्पपीडितका टहरामा क्षति पुर्याएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !