२४ बैशाख २०८१, सोमबार

धर्म परिवर्तनले नेपाली पहिचान खतरामा : उपप्रधानमन्त्री थापा


Kamal-Thapa

धनकुटा, असार ११ – उपप्रधान एवं परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा रहेको बताउनुभएको छ ।

आयतित धर्मको नाममा नेपाली पहिचान संकटमा परेकाले हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नुपरेको उहाँले बताउनु भयो ।

शनिबार धनकुटामा राप्रपा नेपाले आयोजना गरेको हिन्दुत्व जागरण अभियानलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नु संविधान विरोधी नभएको दावी गर्नुभयो । संविधानले धर्मको प्रचार गर्न खुल्ला गरेकाले त्यही अधिकार प्रयोग गरेर हिन्दु धर्मको प्रचार गरेको उहाँले बताउनु भयो । ‘कसैले विरोध गर्दैमा प्रचार कार्य रोकिने होइन’ उहाँले भन्नुभयो ।

संविधानमा धर्मनिरपेक्षता विदेशीको इसारामा राखेकाले नेपालमा आयतित धर्मले नेपालीको पहिचान सनातनका मूल्य मान्यतालाई अवरोध गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय महामन्त्री राजेन्द्र लिङ्गदेनले नेपालीलाई राज्यले नै जातका आधारमा विभेद गराएको दावी गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !