३० आश्विन २०८१, बुधबार

धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरीको नियन्त्रणमा


महानगरका दुईवटा डोजर प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । धर्मशाला भत्काउन पुगेका दुईवटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका डोजर गौशाला प्रहरी कार्यालयमा राखिएको छ । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ ।

प्रहरीले धर्मशालाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् । पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !