१२ श्रावण २०८१, शनिबार

काबुलमा उपचाररत थप एक जनाको मृत्यु : नुवाकोटका च्वाङ्वा तामाङ्ग


kabul team

८, २०७३- काबुलमा सोमबार बिहानको आत्मघाती बम बिष्फोटमा परेर घाइते नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ । अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ।

काबुलस्थित अस्पताल स्रोतका अनुसार सोमबारयता भेन्टिेलेटरमा राखेर उपचार भइरहेको थियो । बिष्फोटमा घाइते अन्य ५ जनालाई बुधबार दिउँसो दिल्लीको अपोलो अस्पताल लगिएको थियो । बिष्फोटमा परेर काबुलमा ज्यान गुमाउने १२ जना नेपाली कामदारको शव नेपाल एयरलाइन्सको विशेष उडानबाट बुधबार साँझ काठमाडौं ल्याइएको छ ।

यसैबीच, काबुलस्थित सार्बे सेक्युरिटी इन्टरनेसलमार्फत क्यानेडियन दुतावासको सुरक्षामा खटाइएका कामदारलाई आफ्नै सेवा-सुरक्षा प्रत्याभूति नरहिन्जेल काममा नपठाउने शर्त राखेपछि बिहीबारबाट विशेष सुरक्षासहितको गाडीबाट आवागमनको व्यवस्था गराइएको छ ।

कामदार उद्धार तथा घरफिर्ति समन्वयमा काबुल पुगेका इश्लामाबादस्थित कार्यबाहक राजदूत तीर्थराज अर्यालले सार्बे कम्पनी पुगेर कामदार सेवा/सुरक्षाको प्रबन्ध तय गर्न परामर्श गरेका थिए । मृतक तथा घाइते कामदारले पाउने बिमा तथा क्षतिपूर्ति सुविधाबारे कुराकानी भइरहेको एक कामदारले बताए ।

काबुलको बम बिष्फोट कान्डमा ज्यान गुमाउने दुई भारतीय नेपालीको शव भने बिहीबारै मात्रै देहरादून लगिंदैछ । नेपाल सरकारले अत्यन्त छोटो समयमा निर्णय गरेर विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको शव घर फिर्ता गराएको यो पहिलो उदाहरण हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !