२२ भाद्र २०८१, शनिबार

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै


प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन् ।

आफ्नो सम्मान आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिए । मन्त्री थापाले आफूले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास गर्ने बताए ।

उनले भने, “सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन । माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !