९ मंसिर २०८१, आइतबार

विराटनगरमा विद्यार्थीद्वारा सरकारी गाडीमा आगजनी


विराटनगरमा विद्यार्थीद्वारा सरकारी गाडीमा आगजनी

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगजनी गरेका छन् । आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा एउटा सरकारी गाडीमा आगजनी गरेको हो ।

आज आइतबार महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडि विद्यार्थीको समूहले को–१ झ ६४४ नम्बरको कोसी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।

केही दिनअघि मात्र मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीलाई कुटपिट गरेको आरोपमा ६ विद्यार्थी शुक्रबार पक्राउ परेका थिए । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेका थिए ।

आगजनीबाट गाडीको अघिल्तिर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ ५ दिन म्याद थप भएको छ । पक्राउ परेका सबै रिहा हुनुपर्ने विद्यार्थीको जोडदार माग रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !