२२ बैशाख २०८१, शनिबार

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङ जिल्लाको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका-१ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।

मंगलबार राति १ बजे बेलबारी नगरपालिका-१ भेडा टोलमा निर्मला राईको घरमा डेरा गरी बस्दै आएका ६० वर्षीय बम बहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । श्रीमतीको हत्या गरेपछि श्रीमान् बम बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेर आत्महत्या गरेका हुन् ।

श्रीमती गीताको घटनास्थलमै मृत्यु भएको हो भने उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ ।लिम्बूले श्रीमतीमाथि शंका गर्ने र झैझगडा गरिरहने गरेको छिमेकीको भनाइ छ ।

लिम्बूका ८ वर्षीय छोरालाई भने छिमेकीले थाहा पाएर हल्ला गरेपछि छोरा भाग्न सफल भएका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !