२४ बैशाख २०८१, सोमबार

ताप्लेजुङको मेरिङदेनमा आगलागी


ताप्लेजुङ डडेलो ताप्लेजुङ, १ चैत : ताप्लेजुङको फुङलिङ नगरपालिका-८ स्थित अँधेरी क्षेत्रको वनमा लागेको आगो । लामो समयको खडेरी लगायतका कारण ताप्लेजुङका विभिन्न वन क्षेत्रमा आगलागीका घटना भइरहेका छन् । तस्बिर : सन्तोष पुर्कुटी/रासस

ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडा लगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !