२० बैशाख २०८१, बिहिबार

मोस्टवान्टेड दुई भारतीयलाई प्रहरीले गोली हानेर समात्यो


गोली चल्यो

काठमाडौं । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई प्रहरीले गोली हानेर सर्लाहीमा पक्राउ गरेको छ । गएराति साढे ९ बजे बरहथवामा गोली चलाएर दुईजना भारतीय डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

राउतसँगै मोटरसाइकलमा सवार अर्का एकजना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ ।

आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सोमध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !