२४ बैशाख २०८१, सोमबार

ललितपुरमा घरको चौथो तलाबाट हामफालेकी महिला र दुई बच्चाको मृत्यु


मृत

काठमाडौँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । ललितपुरको इमाडोलको एक घरको चौथो तलाबाट हामफालेकी रविना महर्जन र उनका अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको हो ।

घरको चौथो तलाबाट हामफालेर गम्भीर घाइते भएकी रविनाको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र २ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको जानकारी दिए ।

आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि उनीहरुलाई पनि किष्ट अस्पताल लगिएकामा बच्चाहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !