९ फाल्गुन २०८०, बुधबार

धनुषामा बसको ठक्करबाट युवकको मृत्यु


दुर्घटना

महेन्द्रनगर, धनुषा । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो ।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !