११ श्रावण २०८१, शुक्रबार

मुगुमा दाजु र बहिनीको जलेर मृत्यु


मृत

मुगु । खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ ।

सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरा-छोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो ।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !